Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुट्टा उचालेको माजवादीले सरकारबारे आज निर्णय गर्दै

काठमाडौं । सरकारका सहभागी हुने कि नहुने भन्ने विषयमा नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले आज निर्णय गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाइएको बैठकले वर्तमान सरकारमा सहभागी हुने–नहुनेबारे आज निर्णय गर्ने जनाइएको छ। एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए। स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट बाँकी निर्णय लिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा परेको छ। स्थायी कमिटी बैठकमा नेताहरु प्रमेश हमाल, जयन्ती राई, डा। बेदुराम भुसाल, प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल, जगन्नाथा खतिवडा, रामकुमारी झाक्री, रामचन्द्र झा, बलराम बास्कोटा, भाविसोर पराजुली, भानुभक्त जोशी, रत्नेश्वोर गोइत, रामजी शर्मा, रामप्रित पासवान, लक्ष्मण पौडेल, ललितकुमार बस्नेत, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, वंशीधर मिश्र, श्रीप्रसाद शाह, शत्रुधन महतो, सावित्रा भुसाल, हरि पराजुली, शिवबहादुर देउजा, भरतकुमार श्रेष्ठ र माधव पौडेलले धारणा राखे। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो।