Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खुल्याउन तम्सिएकाले सुन्लान् उनका कुरा ?

काठमाडौँ । आफू एकताको पक्षमा तटस्थ बसेको देखाउने एमाले उपाध्यक्ष वामदेव गौतमले सांसद श्रीमती तुलसा थापालाई भने पार्टी संस्थापनतिरै पठाएका छन् । उनै वामदेव बेला बेला एकताका नाममा पासा फाल्छन् तर उनको प्रस्ताव न संस्थापन पक्षले सुन्छ नत विद्रोही पक्षले नै वास्ता गर्ने गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतम समूहले २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटीको बैठक बोलाएर पार्टीका समस्या समाधान गर्न आग्रह गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकताको आह्वान गर्दै आइतबार ६ बुँदे प्रस्ताव अगाडि सारेपछि गौतम संयोजक रहेको एकता अभियान समितिका सदस्यको बैठक सोमबार बसेको थियो । उक्त बैठकपछि गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ २ मा कायम रहेको स्थायी कमिटी बोलाएर छलफल गर्न आग्रह गरेका हुन् । ओलीले एकताका लागि इमान्दार प्रयत्न नगरेको ठहर गौतमले समूहले गरेको छ । झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको घटना पनि ओलीका अनेकौं विवाददित क्रियाकलापहरुसँग नै सम्बन्धित भएको ठहर पनि गौतम समूहले गरेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल