Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खैरो हेरोइनसहित झापामा ३ जना प्रकाउ

झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित झापा बजारबाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बजार बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ घर भएका १९ वर्षीय प्रताप लिम्बु छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट ५ सय ३० मिलिग्राम अवैध लागुऔषध खैरो हेराइन बरामद गरिएको छ । हेरोइन जोख्ने २ थान डिजीटल तराजु पनि उनीहरुको साथमा फेला परेको छ । उनीहरुबारे लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल