Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खैरो हेरोइन भित्रिन छाडेन

काठमाडौं । प्रहरीको लागूऔषध ब्यूरोले एक साता लामो अनुुसन्धानपछि ५१ किलो हेरोइन सहित सात जना पक्राउ गर्दा यो काममा विद्यार्थी प्रयोग भएको पत्ता लगायो । जसले हेरोइन ल्याए तीमध्येका केहीले सुटकेमा अवैध लागूऔषध छ भन्ने पत्तो समेत पाएनन् । उनीहरू सबै अफ्रिकी नागरिक हुन् । २९ देखि ४० वर्ष उमेर समूहका उनीहरूलाई नेपालमा जन्मकैद हुन्छ भन्ने सूचना प्रहरीले दिनासाथ ब्यूरोको कोठामै रुवावासी चल्यो । नेपालको कानुनले त्यस्ता कारोबारीलाई १५ वर्ष जेल सजायँ तोकेको छ । ब्यूरो प्रमुख विकास खनालका अनुसार यो तस्कर समूहको बारेमा दक्षिणी अफ्रिकी सरकारलाई इन्टरपोलमार्फत् ब्यूरोले जानकारी गराएको छ । एक वर्षदेखि दक्षिण अफ्रिबाट नेपालमा लागू औषधको तस्करीको क्रम बढेको प्रहरीको रेकर्डमा छ । पछिल्लो पटक पक्राउ परेका व्यक्तिहरू दक्षिण अफ्रिकाको जोहन्सवर्गबाट दुवई, कतार, दोहा हुँदै नेपाल आएका थिए । उनीहरूले ५१ केली खैरो हेरोइन भिœयाएका हुन् । त्यसको मूल्य १ अर्ब २ करोड छ । नेपाल भित्रिएको हेरोइन लिनका लागि भारतीय नागरिकहरू आउने गर्दछन् । गत शनिबार प्रहरीले बरामद गरेको हेरोइन लिनका लागि भारतको मिजोरोङ घर भएकी ३२ वर्षीया जोथान्त लुंगी नेपाल आएको अवस्थामा ब्यूरोले पक्राउ गरेको छ ।