Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राज्यको विकास खर्चमा उपलब्धी छैन । महामारीले देश भयावह बन्दै गयो । रुघाखोकी, ज्वरो, थकाई लाग्ने, अल्छिपन देखिने जस्ता लक्षणले कोरोनाको संकेत गर्दछ । फोक्सोमा प्रहार गर्ने कोरोनालाई प्रतिकार गर्ने औषधि छैन । सास फेर्न समस्या नै कोरोना संक्रमणका नाउमा राज्यले १३ अर्ब ३७ करोड ७० लाख खर्च गरेको छ । तर त्यो खर्चको उपलब्धी भने भएको छैन । सरकारी तहबाट खरिद औषधि ओम्नी समूह र नेपाली सेनाको नाममा खरिद आरडीटी र पिसिआर टेष्टमै १ अर्ब २० करोड चुना लगाइयो । कमिशन त नेता र मन्त्रीले राम्रै खाए । त्यसको असर दाताहरुमा प¥यो । सरकारी खर्चमा मितव्ययी नहुँदा चन्दा दिनु उचित ठानिएन ।
सरकारले वैकिङ क्षेत्र र उद्योगपति व्यापारीहरुको हितमा व्याज मिनाहा अवधि थप जस्ता सहयोग ग¥यो । बैंकहरुले जनताको पैसाको व्याज नदिने लगानीमा राम्रै व्याज अशसुल्ने अवसर पाए । यो सरकारले कस्तो प्रतिधित्व गर्छ भन्ने देखियो । गरिबको नाउ लिने गरिबका झुपडीमा आगो लगाउने सुकुम्बासीको भजन गाउँने झुप्रा पोलेर बहादुर बन्ने प्रवृत्ति एमालेका नेता माओवादीका ठालुमा देखियो ।
पार्टीलाई नत कोरोनाले सचेत गराएको छ । नत मुलुकमा आएको वर्षाद्ले ल्याएको समस्यामा चासो छ । नेताहरुलाई गुटको चासो छ । पदको लडाइँ छ । सरकार पार्टी बदनाम भएका छन् । कार्यकर्ता मात्र होइन नेतृत्व नै पदभ्रष्ट र सत्ता लम्पट भएको कारण सरकार देशमा छैन पार्टी जनतामा छैन भन्ने देखाइसक्यो । नेकपा के नाकले जान्छ अब जनताकाबीचमा ! राज्यकोषमा लुट मच्चाएकै छ । कोरोनाको सतर्कता जनताले मात्र अपनाउने कि गुटबन्दीप्रेमी नेताले पनि ?
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल