Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूलहरूलाई आधिकारिता दिनुपर्ने जिकिर गरी फर्किएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले ८ सय बढी विशेष महाधिवेशनका प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको, केन्द्रीय कार्यसमितिले निर्णय नगरेको र ५५ बढी जिल्ला सभापति आफूहरूको पक्षमा रहेको सहितका तर्क गरेर आधिकारिकता दिन आग्रह गरे ।
नेता डा। शेखर कोइरालाले त विशेष महाधिवेनमार्फत् गगन र विश्वप्रकाश समूहहरू कांग्रेसबाट चोइटिएर गएको टिप्पणीसमेत गरे । देउवा समूह नेताहरूको जुलुस नै लिएर आयोग पुगेपछि सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमिति निर्वाचन आयोग जाने भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितको सिंगो केन्द्रीय कार्यसमिति पनि शुक्रबार दिउँसो २ बजे निर्वाचन आयोगमा जाँदैछ । आयोगले चुनाव चिह्न लगायतबारे छलफल गर्न बोलाएको बताइएको छ। फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयनको समय केही दिन बाँकी हुँदा आयोग दबाबमा परेको छ। आयोगलाई यथाशक्य चाँडो कांग्रेसको विवादमा निर्णय दिनुपर्ने दबाब छ । बिहीबार मात्रै गगनहरू आयोगमा पुगेर कांग्रेसको आधिकारिकतामा दाबी गरेका थिए । उनीहरूले पार्टी अद्यावधिकको लागि आवश्यक कागजात पनि बुझाइसकेका छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल