Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । कम्तिमा ५ हजार समर्थकसहित उम्मेदवारी दर्ता गर्न लागेको नेता सिंहको सचिवालयले जनाएको छ ।
‘काठमाडौंका सबै वडा कमिटीका क्रियाशिल सदस्यहरुलाई अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । अस्पतालमा भएका बाहेक सबैलाई अनिवार्य उपस्थित हुन भनिएको छ’, सिंहको सचिवालय स्रोतले भन्यो, ‘हिँड्नसक्ने जति सबैलाई उपस्थित हुन सर्कुलर पठाइएको छ । को–को उपस्थित हुँदैन उसको नाम टिपोट गर्न भनिएको छ’ सिंह निकट नेता राजन केसीले नेता सिंहले आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दिने स्थानसम्म र्यालीसमेत निकाल्ने तयारी गरेको बताए
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल