Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाउने तयारी

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
वीर अस्पतालले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरेको सूचना अधिकारी डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
मृतकका आफन्तले अहिलेसम्म शव बुझ्न अस्वीकार गरेका छन् भने काठमाडौंका विभिन्न स्थानमा घटनालाई लिएर प्रदर्शन भइरहेको छ ।

२६ असार, काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।

वीर अस्पतालका सूचना अधिकारी डा। प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको हो ।

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको आज वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालसँग समन्वय गर्ने काम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय गरेर पठाउँदैछौं,’ डा. बुगणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाउने तयारी

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
वीर अस्पतालले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरेको सूचना अधिकारी डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
मृतकका आफन्तले अहिलेसम्म शव बुझ्न अस्वीकार गरेका छन् भने काठमाडौंका विभिन्न स्थानमा घटनालाई लिएर प्रदर्शन भइरहेको छ ।

२६ असार, काठमाडौं । आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।

वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार, उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टका लागि पठाउन लागिएको हो ।

नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यक्रम अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको आज वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालसँग समन्वय गर्ने काम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय गरेर पठाउँदैछौं, डा. बुढाथोकीले भने ।

आफन्तहरूले भने अहिलेसम्म शव बुझेको छैन ।

नेपालीको मृत्यु भएपछि काठमाडौंको माइतीघर, भद्रकाली र वीर अस्पताल अगाडि प्रदर्शन पनि भइरहेको छ ।