Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गण्डकीमा यस्तो आतंक

पोखरा । गण्डकी प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको छ । गण्डकी प्रदेशको सोमबारको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले कोभिड–१९ लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य प्रणालीलाई सवल एवं सुदृढ गरिने बताएका छन् ।

आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने उनले बताएका छन् । यस्तै होम आइसोलेसनहरूमा पनि आवश्यक मेडिकल सेवाहरू उपलब्ध गराउने व्यवस्था गरिने भएको छ । उनले प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध गरिने समेत बताएका छन् ।

कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गरिने, कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरूलाई प्रोत्साहनको व्यवस्था गरिने र कोभिडका कारण प्रभावित व्यवसायहरूलाई जीवन्तता दिन सञ्चालित व्यवसाय जीवन रक्षा कोष कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् । उनले कोभिड–१९ का कारण सहारा गुमाएका परिवारलाई रोजगारी र बालबच्चाहरूको शिक्षा दीक्षाको आवश्यक व्यवस्था गर्ने कार्यक्रम ल्याइने बताएका छन् । तर राज्यको तर्फबाट कुनै पनि ठाँउमा यसरी सम्वेदनशील अवस्थामा सोचेको भए यो आतंक हुने थिएन ।


सम्बन्धित समाचार