Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । गण्डकी प्रदेशमा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले दिपक मनाङ्गेलाई खेलकुद मन्त्री बनाए पनि आफ्नो पद बचाउन सक्ने अवस्था छैन । मनाङ्गे एकाएक मन्त्री भए पछि स्थगित भएको प्रदेशसभा सञ्चालनका विषयमा सभामुख र शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । आज बसेको कार्र्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो ।
वैशाख १५ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि प्रदेशसभा स्थगित गरेका थिए । आफू विरुद्ध अविश्वासको प्रस्ताव आउन साथ मन्त्री मण्डल विस्तार गर्ने रोग गण्डकी प्रदेशबाट लुम्बिनीमा सरे पनि राजनीतिक लडाँइ हटेको छैन । मुख्यमन्त्री गुरुङप्रति अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि सभामुख अधिकारीले प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरेका थिए । आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव छलफलमा गइसकेपछि सभामुखले पद्येशसभा स्थगित गर्न नमिल्ने भन्दै त्यसको कानुनी आधार पुष्टि नगरेसम्म संसद चल्न नसक्ने बताएका छन् । सभामुख नेत्रनाथ अधिकारीले भने राष्ट्रिय जनमोर्चाले आफ्नो सांसद खोजीका लागि निवेदन दिएकाले संसद स्थगित गर्नैपर्ने अवस्था रहेको बताएका थिए ।
बैठकमा विपक्षी दलहरु नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका रामजी बराल र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले संसद सञ्चालनको बाटो खोज्नुपर्ने धारणा राखेका थिए । बैठकमा सहमति जुट्न नसकेपछि प्रदेशसभामा सहभागी सबै दलका शीर्ष नेता, मुख्यमन्त्री र सभामुखसहितको बैठक बस्ने भएको छ । त्यो बैठकले गण्डकी प्रदेश सरकार विरुद्ध संसदमा पेश भएको अविश्वास पत्रलाई कसरी थन्क्याउछ प्रतिक्षाको विषय बन्दै छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल