Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गण्डक ब्यारेजका सबै ढोका खोलियो

नवलपरासी । भदौरे झरी लगातार वर्षिन थालेपछि देशभर बाढी पहिरोको जोखिम बढेको छ । नारायणी नदीमा पानीको सतह बढेपछि आसपासमा सर्तकता अपनाइएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । जिल्ला प्रशासन कार्यालयले पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएकाले उच्च सतर्कता अपनाइएको र गण्डकका सबै ढोका खोलिएको जानकारी दिएको छ । प्रशासनले नारायणी नदी आसपासमा सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । नारायणी नदीको मुहान रहेको मुक्तिनाथदेखि पुछाराको त्रिवेणीधामसम्मका सबै खोला बढेको र वर्षा नरोकिएका कारण नारायणीमा पानीको सतह बढ्दो छ । गण्डकका सबै ३६ वटा ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जानकारी दिएको छ । अहिले बिहान ७ बजे गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड रहेको छ ।