Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गनसहित गिरी पक्राउ

बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट भाद्र ३० गते एपीएफ टोलीले एउटा लाईट एयर गन र सोको पाँच सय वटा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका ११ बस्ने ५५ वर्षिय प्रजुन गिरी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । यूपी ४० एसी १५१८ नम्बरको टाटा कारमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गिरीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गन र राउण्ड फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका गिरीलाई बरामद गन तथा राउण्ड र उक्त कारसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।


सम्बन्धित समाचार