Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गरिमा विकास बैंकको भुरुङ तातोपानीमा एटिएम सेवा

गरीमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ,भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ ।
एक कार्यक्रमका बिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका हुन्।
म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।