Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाँजासहित पक्राउ

बारा । करैयामाई गाउँपालिका-६ कट्टी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ केजी सहित करैयामाई गाउँपालिका-२ करैया गाउँ बस्ने अन्दाजी ३३ वर्षीय प्रभु पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मधुवनबाट खटिएको गस्ती टोलीले मधुवनबाट करैयातर्फ जाँदै गरेको बा १५ प ८४५७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको वस्तु सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालक मोटरसाइकल छाडी फरार भएका छन् । फरार चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार