Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाँजा सहित समातिए प्रमोद र विष्णु

मोरङ । केराबारी गाउँपालिका-८ तोरीबारीबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ८ सय ५० ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-१० बस्ने १९ वर्षीय प्रमोद मल्लिक र सोही गाउँपालिका-१ बस्ने ४१ वर्षीय बिष्णु लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार