Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाडी चढेर काठमाडौं आउँदै रवि

काठमाडौं । ६५ लाख धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् । उहाँ स्थलमार्ग हुँदै काठमाडौं जानुभएको छ, कार्यबाहक प्रवक्ता झाले भने, अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी उहाँ हिंड्नुभएको छ । हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् । धेरै ठूलो समूह भयो, गाडी मै जाऔं म पनि सँगै जान्छु भन्नुभयो, सभापति लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, यत्रो दिनको साथ पाएँ, अब म छुटेँ, तपाईंहरू चाहिँ बस्नुस् भन्ने कुरा पनि भएन । झासहितका केही नेताहरू भने म्याग्दी, पर्वत लगायतका केही जिल्लामा आयोजित कार्यक्रमका लागि उतै बसेका छन् । गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । देशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए । धरौटी बुझाएपछि रविलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाएको थियो ।


सम्बन्धित समाचार