Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाडी बन्द हुँदा धमाधम कालोपत्रे

गलेश्वर । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालो पत्रको काम शुरु भएको छ । मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर सचिन शर्माले जानकारी दिएका छन् ।

ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर शर्माले दिएको जानकारी अनुसार रु ५५ करोड ३० लाख १६ हजार ६०१ मा सडक कालोपत्रको जिम्मा लिएको हो । सो सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र हुने उनले बताएका हुन् । इन्जिनीयर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्र र एक हजार ३०० मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनिले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ । आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्ष्यका साथ कालोपत्रको काम शुरु गरिएको उनले बताएका छन् । सडकलाई दुई लेन फराकिलो बनाइएको छ । घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भइसकेको उनले जानकारी दिए ।

शर्माका अनुसार सडक साढे आठ मिटर फराकिलो गरी कालोपत्र गरिँदै छ । त्यसैगरी, शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नं २ को जलथलेदेखि कैकुसम्मको सडकमा पनि कालोपत्रको तयारी गरिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ, काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि चार प्याकेजमा स्तरोन्नतिको काम भइरहेको छ । पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोलासम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रको तयारी भइरहेको सहायक ठेकेदार कम्पनि ओमकारेश्वर कन्सट्रक्शनका प्रमुख अमृत दाहालले बताएका हुन् ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल