Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सिमा सुरक्षाको जिम्मा लिएको ससस्त्र प्रहरीले पर्सा र रौतहतको तस्करी नियन्त्रण गरेपछि त्यसको कार्यलय रहेको महोत्तरीमा हलचल मच्चिएको छ । ससस्त्र प्रहरीलाई सिमा सुरक्षाको जिम्मा दिएपछि तस्करहरुले हलचोक देखि प्रदेशीक कार्यलयहरुमा आफ्नो टीम मिलाउन सक्रिय भएका छन् । सिमा सुरक्षाको जिम्मा लिएको यो समूहको विओपीमा पर्न पैसा खर्च गर्ने टोली पनि नभएको होइन । तर जहाँ कमान्डरले आफू पनि खान्न अरुलाई पनि दिन्न तस्करीको संजाल भत्काउछु भन्छ उसका लागि भने कष्ट ठुलो छ । त्यो कष्टमा प्रदेश २ का डिआइजी सिपी गौतम परेका छन् । त्यहाँ कमान्डारका रुपमा गौतम गएको चार महिना पुग्दा नपुग्दै यो अभियान चर्चामा आएको हो । रौतहतका एसपी सुरेशेन ओली र पर्साका एस्पी राजेन्द्र खड्काको कमान्डले पूराना तस्करहरु थन्काएपछि उनीहरुको विरुद्ध लागेको गिरोह यति खेर छट्पट्टीमा परेको हो । किष्ण भक्त ब्रमहचार्य डिआइजी हुदा लेनदेन गरेर चलेको अभियान जब बन्द भयो त्यस पछि तस्करहरुले नयाँ टीमलाई नङ्ग्याउन थालेको प्रदेश २ का डीआइजी सीपि गौतमले बताएका छन् । उनी गएपछि यो आर्थिक वर्षमा राजस्व बढेको कुरा अर्थमन्त्रालयको आर्थिक महासाखाले समेत लिखित प्रतिबेधन तयार गरेपछि तस्करहरु तिल मिलाएका हुन् । योे सत्य ससस्त्र प्रहरीको केन्द्रीय कमान्ड अन्तरगत गएको टोलीले पनि पत्ता लगाएपछि उनीहरुको प्रचार चासो दिएको छैन । पर्सा र रौतहतका प्रजिअहरुले समेत अहिलेको ससस्त्र टीमलाई सघाएका छन् । रौतहतका निरिक्षकको विमल बानियाका विरुद्ध यति खेर तस्कर टोली लागेको छ । उनले भनसार नतिरि भित्राएको तस्करका गाडीलाई नियन्त्रणमा लिएर भन्सारमा लिएपछि गिरोह छट्पटाएको हो । नेपाल प्रहरी र ससस्त्र प्रहरीको टीमको परिचालन प्रमुख जिल्ला अधिकारी कमान्डमा सुरक्षा बेस अन्तरगत चल्ने भएकाले सोध खोज गर्ने निकाय भनेको त्यही हो । किनकी कमान्ड प्रमुख विग्रीयो भने त्यसको निग्रानी गर्ने भनेको प्रमुख जिल्ला अधिकारीले हो । त्यहाँ ससस्त्रको विरुद्ध प्रचार गर्ने सिमा तस्करहरु सक्रिय छन् । तीनको विरुद्ध पनि समाचार नआएका होइनन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल