Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गीत/संगीत हेर्ने भन्दा पनि सुन्ने बिधा हो

नारायण थापा, गायक

आधुनिक गायनमा गायक नारायण थापा भाग्यमानी मानिन्छन् किनकि जब औपचारिक गायन प्रारम्भ गरे, तबदेखि नै उनका गीतहरू लोकप्रिय बन्दै गएका छन् । गीत÷संगीतको क्षेत्रमा २०६० सालतिरबाट पाईला राखेका गायक नारायण थापा २०७१ मा ‘चोखो मायामाको’ र ‘लेख्या माया पाईएन’ बोलको गीतको सफलतासंगै निरन्तर सांगीतिक क्षेत्रमा सकृय छन् । सांगीतिक क्षेत्रमा उनको योगदानको कदर स्वरूप बिभिन्न संघ, संस्थाहरूले सम्मानित गरेका छन् । जिनियस म्युजिक अवार्ड २०७८, स्पर्श म्युजिक अवार्ड २०८०, नेपाल आट्र्स कल्चर एण्ड म्युजिक अवार्ड २०७८ बाट विभुषित भएका छन् भने नेपाल म्युजिक एण्ड फेशन सम्मान २०२२, राष्ट्रिय बिलक्षण प्रतिभा सम्मान २०७९, राष्ट्रिय संगीतकर्मी सम्मान २०७९, राष्ट्रिय ब्यक्तित्व तथा प्रतिभा सम्मान २०८० र हालै सम्पन्न ११ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०८० मा ‘जुरी अवार्ड २०८०’ बाट सम्मानित भएका छन् । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका कोषाध्यक्ष समेत रहेका गायक थापाका प्रायः गीतहरू दर्शक तथा श्रोता रुचाएका छन् । गीत÷संगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक नारायण थापासँग ताजाखबर साप्ताहिकको लागि गरिएको कुराकानीः

० कहिलेबाट म्युजिक क्षेत्रमा हुनुहुन्छ ?
संगीतमा शौख सानैदेखि हो, औपचारिक सुरुवात २०६० साल तिरबाटै हो । पहिलो रेकर्डिङ २०६५ तिर भएको थियो तर गीत मैले बिर्सिएँ २०७१ मा चोखो मायामाको रेकर्डिङ पश्चात निरन्तर गीत संगीत मै छु ।

० सानैमा गायन क्षेत्रमा लाग्ने मनसाय थियो कि ठुलो भएपछि ?
संगीतमा सानैदेखि केहि गर्ने सपना थियो त्यहि अनुरूप सिकेर बुझेर हामफालुँ भन्ने थियो । तर सिन्धुलीको मान्छे अञ्जान यो शहरमा टिकेर संगीतमा लाग्नु अवसरसँगै चुनौतीपूर्ण त्यत्तिकै थियो तर संगीतको लत लागेपछि बाँकि सबैकुरा गौंण हँुदोरहेछ ।

० प्रेरणाको श्रोत के हो ? 
मेरो गीत संगीतमा लाग्ने प्रेरणा भनेको आफ्नो शौख नाम र प्रतिष्ठाको लागि हो । साथीभाई घरपरिवार सबैको सपोर्ट र हौशलाले संगीतमा लाग्न र टिकिरहन अभिप्रेरित गर्यो । बिशेष मेरो हजुरआमाको योगदान छ म गायक हुनुमा ।

० अहिलेको संगीत बजार कस्तो भईरहेको छ ?
अहिलेको बजारको बारेमा भन्नुपर्दा गीत÷संगीत एकदमै महंगो भएको छ । क्षमता भएको तर आर्थिक रूपले कमजोर एउटा हुनाहार प्रतिभा संगीत क्षेत्रमा टिक्नसक्ने अवस्था छैन । हुन त कति रियालिटी शोहरूले होष्टेमा हैँसे गरेका छन् तर ति शो पनि कालान्तरमा गएर पैसाकै खेलमा दौडिएर एउटा सर्जकलाई डिप्रेशनको मुखमा पुर्याएका उदाहरण पनि छन् ।

० अडियो भएपछि भिडियो अनिवार्य जस्तै बनेको छ भन्छन नि ?
भिडियोको कुरा गर्नु पर्दा कुनै पनि सृजनाको लागि भिडियो प्लस पोइन्ट हो, सबथोक होइन । पहिलो सर्त भनेको अडियो नै हो अडियो बलियो भएमात्र बाँकी पक्ष सबल हुने हो । मेरो बिचारमा अडियो मुटु हो गायकी शब्द, संगीत बाजागाजा मानब शरिर हो । भिडियो त श्रृंगारमात्र हो जस्तो लाग्छ गीत÷संगीतमा डिजिटलाइजेसनले ल्याएको परिवर्तनसंगै आउने दिनहरूमा गीत÷संगीत हेर्ने भन्दा पनि सुन्ने बिधा हो भन्ने मानक स्थापित हुने कुरामा दुईमत नहोला ।

० गीत/संगीतमा लागेर राम्रै कमाई गर्न सकिन्छ भन्छन् नि ?
गीत गाएरै बाँच्ने भनेको औंलामा गन्न सकिने केही मानिसहरू होलान । मेला महोत्सवले अरु केहिको जीवन चलेको होला । केहिको यो भएन अर्को त कसो नहोला भन्दै आशै आशमा एक्स्पेरिमेन्टमै चलिरहेको छ । संगीत उद्योग अझ गीत/संगीतसंगै अरु ब्यापार ब्यवसाय, जागिर गर्ने तर नशा नशामा गीत÷संगीतको रस भएका साधाकबाट धानिएको छ हाम्रो गीत/संगीत ।

० तपाईंको पहिलो गीत कुन थियो ?
मेरो पहिलो रेकर्डिङ २०६५ तिर सुदाम थापाको पुतलिसडक स्थित स्टुडियोमा भएको थियो । तर त्यसको आधिकारिक दस्ताबेज मसंग छैन । त्यसैलै रेकर्डिङको हिसाबले २०७१ तिर डा. राजुबाबु श्रेष्ठको शब्द, केशव पौडेलको संगीत रहेको ‘चोखो मायामा खोट लगाई’ पहिलो रेकर्डेड गीत हो । बजारमा आएको हिसाबले राजेन्द्र थापाको शब्द, बसन्त सापकोटाको संगीतमा रहेको ‘लेख्या माया पाईएन’ पहिलो गीत हो ।

० अहिलेसम्म ककस्को शब्द, संगीतमा स्वर दिनु भयो ?
डा.राजुबाबु श्रेष्ठको शब्द, केशव पौडलको संगीत रहेको ‘चोखो मायामा’, डा.कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत रहेको ‘कुनै दिन त भेट होला’, काली प्रसाद रिजालको शब्द, शिखर सन्तोषको संगीतमा ‘आजकलका मुनामदन’, आनन्द अधिकारीको शब्दमा मेलिना राई र मेरो आवाज रहेको ‘तिम्रो आकर्षणले तानिरह्यो’, राजेन्द्र थापाको शब्द, बसन्त सापकोटाको संगीत रहेको ‘लेख्या माया’, अर्जुनराज भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको ‘नघोच यो छाती’ लगायत बिबि थापा, दिपक शर्मा, दिनेशराज पुरी, दिपकराज बिश्वकर्मा, बाबुल गीरी, समिक्षा अधिकारी, कर्साङ लामा, मेचु धिमाल लगायतका श्रष्टासंग ५० भन्दा बढी गीत रेकर्ड भएको छ ।

० पहिलो गीत निस्किएको अनुभव सुनाइदिनोस् न ?
मलाई बीचको १० बर्षको सिकाई लगायतको संघर्ष र अनुभवले गीत गाउँन शब्द, संगीतलाई न्याय गर्न सक्छु भन्ने कन्फिडेन्ट चाँहि थियो । तर रेकर्ड भएर बजारमा आउँदा आफ्नो आवाज कस्तो सुनिदोरहेछ भन्ने कैतुहलता पनि थियो । त्यसपछि निरन्तर जसो बरिष्ठ गीतकार, संगीतकारहरूसंग कामहरूमा जोडिने अवसर पाँए, अग्रजहरूको हौशला र साथीभाई घरपरिवारको प्रेरणाले गीत÷संगीतमा निरन्तरताको लागि अभिप्रेरित गर्यो जुन निरन्तर चलिरहेको छ । पहिलो गीत रेकर्डिङको समय गीतकार राजुबाबु दाईले दिनुभएको हौशला, प्रेरणा र प्रोत्साहन मेरो मानस्पटलमा अझै ताजै छ जुन कुराले मेरो लागी गीत÷संगीतमा अनवरत लागिरहन अझ अभिप्रेरित गर्छ । मेरो पहिलो गीत निस्किएको समयमा युट्युवको चरमोत्कर्षको समय थियो र एउटा पाठ पनि सिकियो गीत गाउन भिडियो बनाउन भन्दा गीतलाई बजारसम्म पुर्याएर श्रोतादर्शकको मनमा बसाउँन झनै गाह्रो रहेछ ।

० पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
देशले भोगिरहेको चरम आर्थिक मन्दिलाई मध्यनजर गर्दै गीतहरू रेकर्डिङलाई नै प्राथमिकतामा राखेको छु । यो बिचमा करिब १० वटा गीतहरू रेकर्ड भएर बसेका छन् । साथै जिजिटल प्लेटफर्म मार्फत आफ्ना सृजनाहरूलाई बिश्वब्यापी र धेरै भन्दा धेरै दर्शक, श्रोतासम्म पु¥याउन निरन्तर लागिरहेको छु । गीत÷संगीतको अलावा बचेको समय आफ्नो ब्यापार ब्यबसायको बिस्तार र निरन्तरतामै सक्रिय छु जसले मलाई गीत÷संगीतमा अझबढि समर्पित हुन सहयोग गरेको छ ।

० अवको योजना के छ ?
दुई, तीनवटा गीत एरेञ्ज भएर बसेका छन्, रेकर्डिङ भैसकेका गीतहरूको समय सापेक्ष बितरण र बजारिकरणसँगै निरन्तर संगीतकर्म नै मेरो प्राथमिकताहरू हुन् । क्षणिक चर्चा भन्दा पनि पछिसम्म बाँच्ने कालजयी सृजनाहरूको संरक्षण र संबध्र्दन अनि म राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको कोषाध्यक्ष पनि भएको नाताले नेपाली गीत÷संगीतको उत्थान, तमाम श्रष्टा र सर्जकको हित एवं संरक्षण गीत÷संगीतका बिकृती बिसंगतीको निराकरण गीत÷संगीत कला साहित्यको संरक्षण र नयाँ पुस्तालाई सदैब अभिप्रेरित गर्न मेरो निरन्तर सकृयता र खबरदारी रहने छ ।