Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ, देसको सुरक्षाका निम्ति सकृय राष्ट्रिय अनुसन्धान विभागमा सस्थागत परिबर्तन गर्ने प्रमुख गणेश अधिकारी अवकाशमा जाँदैछन् । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले पुस २२ बाट अवकाश पाउन लागेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २३ मा दिलीप रेग्मीलाई हटाएर अधिकारीलाई मुख्य अनुसन्धान निर्देशक नियुक्त गरेका हुन ।
यिनैको पालामा बिभागले अपनाएको रणनिति आगामि नेित्त्रत्वले कसरी लिन्छ तिनको सकृयतामा भर पर्दछ गणेश अधिकारीको अवकाश हुन दुई दिन बाँकी हुँदा सरकारले बिभागको नयाँ प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । गुप्तचरको नयाँ प्रमुख बन्नका लागी दुईजना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक प्रतिस्पर्धामा छन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशक एआईजी यदुलाल खरेल र यादव रेग्मी प्रमुखको दाबेदार हुन् । यदुलाल खरेल रेग्मीभन्दा ४ महिना सिनियर हुन् । त्यहा बरिष्ठलाई महत्व दिइन्छ । प्रधानमन्त्रिको पनि चासो हुन्छ ।
गुप्तचर प्रमुख नियुक्त भएमा खरेलले करिब ९ महिना विभागको कमाण्ड सम्हाल्नेछन् । विभागको नियमावली अनुसार ५८ वर्षे उमेर हदका कारण खरेल २०७९ भदौ २० मा अवकाशमा जानेछन् । यादव रेग्मी प्रमुख नियुक्त भएमा वा नभए पनि उमेर हदका कारण २०७९ वैशाखमा अवकाशमा जानेछन् । राष्ट्रिय अनुसन्धान विभाग संघको मातहत रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । सो विभाग अहिले प्रधानमन्त्री कार्यालयको मातहतमा भएकोले नया योजनाका निमित्त प्रमसंग सहज संबन्ध राख्न प्रमुखलाई कठिन छैन ।
एआईजीमा ६ डिआईजीको प्रतिस्पर्धा
मन्त्रिपरिषद्ले राअको प्रमुख नियुक्ति गरेसँगै एउटा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको पद खाली हुने भएकाले सो पदमा बढुवा हुन ६ जना अनुसन्धान निर्देशकहरु प्रतिस्पर्धामा गएका हुन् ।
अहिले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक नियुक्त हुने अधिकृतले २०७९ भदौ २० पछि गुप्तचर प्रमुख हुने अवसर पाउनेछन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशक एआईजी हुने प्रतिस्पर्धामा अनुसन्धान निर्देशकहरू हुतराज थापा, कुलदेव थापा, हरिहर पौडेल, ओम जोशी, सुनिल ढकाल र टेकेन्द्र कार्की छन् ।
बरियतामा १ नम्बरमा रहेका हुतराज थापा ३३ किलो सुन तस्करीको घटना छानबिनमा संलग्न थिए । भारतीय सशस्त्र सीमा बल एसएसबीका सुरक्षाकर्मीले तुईन खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको प्रकरणको छानबिन र अनुसन्धानमा पनि थापा सहभागी थिए । उनी गुप्तचर मुख्यालय स्थित प्रदेश समन्वय महाशाखामा कार्यरत छन् । सत्ता गठबन्धनभित्र बलियो पहुच भएका हतराज थापा र सुनिल ढकालप्रतिस्पर्धिहरुबिच अगाडि छन् ।
कर्णाली प्रदेशमा कार्यरत टेकेन्द्र कार्की पनि काबिल अफिसर मानिन्छन् । उनी बरीयताको छैटौँ नम्बरमा छन् । एआईजी प्रतिस्पर्धी ओम जोशीले दिल्ली स्थित दूतावासमा सहचारीको रूपमा काम गरेका थिए । ६ जना मध्येबाट अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा हुने एकजना गुप्तचर प्रमुख बने पनि सो ब्याचका ४ जना अधिकृत डिआईजीको ५ वर्षे सेवा अवधिका २०७९ भदौ १३ मा अवकाशमा जान्छन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुने प्रतिस्पर्धामा रहेकाहरू २०५३ मा सेवा प्रवेश गरेका थिए ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल