Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते छिमेकी मित्रराष्ट्र भारतको दुई दिने भ्रमण गर्दैछन् । त्यो भ्रमणमा आफ्ना समकक्षीसँग उठाउने एजेन्डाहरुका बारेमा पनि मुलुकका पुराना राजनीतिक शक्तिहरुलाई बाइपास गर्दै आफ्नै ढंगले अगाडि बढेको अवस्था छ । कुनै पनि देशको भ्रमणमा जानुअघि देशका प्रधानमन्त्रीले आफ्नै पार्टी नेतृत्वसँग छलफल गर्ने र संसदमा रहेका राजनीतिक शक्तिहरुसँग सुझाव लिने विगतको परम्परा प्रधानमत्री बालेन्द्र शाहले तोडेका छन् । संसदमा नेपालको सीमा सम्बन्धी विषय प्रस्तुत गर्दा नेपालले नै भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएर आन्तरिक रुपमा आलोचित बनेका प्रधानमन्त्रीको यो भ्रमणप्रति धेरैले चासो लिएका छन् । उनले काठमाडौं महानगरपालिकामा रहँदा ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा सजाएका थिए । त्यो नक्सा अनुसार नेपालले १९५० को सुगौली सन्धिमा गुमाएका भूमिहरु फिर्ता गर्ने कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको टोलीले नेपालले बारम्बार उठाउँदै आएको लुपुलेक र लिपिम्पयाधुराको मात्रै होइन मानेभञ्ज्याङ र सुस्ताको विषयमा समेत समकक्षी नरेन्द्र मोदीसँग कुरा उठाउने हिम्मत गर्छन् गर्दैनन् तर एजेन्डामा भने ती विषयहरु छैनन् । नेपालले भारतसँग अपेक्षा गरेको भोटेकोशीबाट ध्वस्त भएको भौतिक संरचनाको पुननिर्माणलाई नै जोड दिएको छ । त्योसँगै नेपालले लुम्बिनी एयरपोर्टको हवाई उडानका लागि भारतीय आकाश प्रयोग गर्न पाउनु पर्ने विषय पनि जोडिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको लुम्बिनी र पोखराको निर्माण कार्यसँगै नियमित उडान प्रक्रिया छिमेकी भारतको आकाश प्रोग गर्दा हुने सहजतालाई पर्यटकीय दृष्टिले पनि जोड दिने गरिएको छ । तर, सरकारको तर्फबाट मुलुकका राजनीतिक शक्तिहरुको समन्वय र साथ बिना एक्लै प्रस्तुत गरिएका एजेन्डाहरुप्रति भारतीय पक्षले कुन रुपमा लिन्छ भन्ने निश्चित छैन । तर पनि सरकार पक्षहरुले भने देशको हितका निम्ति आफ्ना प्रस्तुतीहरु राखिने र त्यहाँ विषयगत व्यवसायीहरुलाई समेत समावेश गराइने बताइरहेका छन् ।
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल
२०८३ मंसिर ५
ताजा नेपाल