Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहका निर्णय सबैतिर ठप्प !

काठमाण्डौ । देउवा सरकार बन्दा खुसी हुनु छैन । केपि ओलीलाई मात लाग्दैनथ्यो भने नेकपाको स्पष्ट बहुमत थियो । तर ओलीलाई मात लाग्यो । पार्टी फुटाए आफ्नै पद पनि गुमाए । देशको हित भन्दा आफ्नै स्वार्थमा लागेका केपि कै कारण काँग्रेस माओवादी जसपा र समाजवादीको सरकार त बन्यो । तर गृहमन्त्रालयका कुनै काम भएको छैन । त्यसो त सरकारले गर्ने कुनै पनि राजनीतिक नियुक्ति हुन सकिरहेको छैन ।

प्रहरी र शसस्त्रको सरुवा गर्नै पर्छ । तर प्रमले भदौ २२ पछि सरकारले पूर्णता पाउँदा त्यसपछि मात्र सरुवा बढुवा गर्ने योजना बनाउदा फौजी समूहलाई समस्यकाको चाङ थुपार्ने काम भएको छ । गृहमन्त्री बालकृष्ण खाँडले आँफू गृहमन्त्री भएर आएपछि कुनै निर्णय गरेका छैनन् । उनको काँधमा शसस्त्रका डिआइजीहरुको सरुवा जिल्ला इन्चार्जहरुको फेर बदल गर्नु पर्ने दायित्व छ । शसस्त्रमा सरुवा मात्र होइन बढुवा पनि गर्नु छ । नेपाल प्रहरीले फुलि लगाएको सेवा सुविधा लिएको तर काम नपाएको एआईजीले लामो समय पछि बल्ल काम पाएका छन् ।

प्रहरीमा अवधि पुगेका एकाउण्टेण्ट समेत सरुवा भएका छैनन् । एमाले सरकारले अध्यादेशबाट ल्याएको बजेट पूनरावलोकन गर्दा सुरक्षा फौजले तलब समेत नपाएको अवस्था छ । सत्तामा भएकालाई आनन्द छ ठेक्का लिनेले लिएकै छन् । तर मन्त्री परिषदले पूर्णता नपाउँदा यस्तो भद्रगोल भएको हो । प्रसासनलाई पङ्गु बनाउन सरकारले गर्ने नितिगत निर्णय समयमा नहुँनु पनि कारक बन्न सक्छ । तर देउवा सरकार प्रसासनिक प्रकृयामा समेत चासो नदिने अवस्थामा छ । यहाँ नेपाली काँग्रेसको १४ आँै महाधिवेशनको रन्काले ठाँउ पाएको छ ।