Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्रीको अभिव्यक्तिप्रति ऋचाको कडा आपत्ति

काठमाडौं । कलाकार ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ बताएका थिए । थापाको यो अभिव्यक्तिलाई लिएर कलाकार शर्माले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेकी हुन् । शर्माले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।
ऋचाले इतिहासमा यसबारेमा लेखाजोखा हुने पनि उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः
१. यस्तो बेला बलात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम ।
२. बलात्कार पुँजीवादीले गराएको हो –निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा ।
३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।
४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’
याद राख्नुहोला यी नामहरू इतिहासमा लेखाजोखा हुनेछ ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल