Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । उप प्रम तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी र शसस्त्र प्रहरीमा राजनीति दबाव र हस्तक्षेप विना उनीहरु कै कानूनी प्रकृया अनुसार सरुवा तथा बढुवा गर्न विभागिय प्रमुखहरुलाई अधिकार दिएर वाईवाई कमाएको बेला उनकै गृह जिल्ला गारखाका किरण पन्थ भन्ने दलालले प्रहरीका हाकिमहरुलाई दवाव दिन थालेको समाचार प्राप्त भएको छ । आफुलाई व्यवसायी भन्ने पन्थ थरका ती दलालसँग माओवादी निकट प्रेस सेन्टरका दाहाल थरका नेता जोडिएका छन् । उनीहरुको धन्दा भनेको नेपाल प्रहरी र शसस्त्र प्रहरीका कार्यविभाग प्रमुख र अन्य हाकिमहरुसँग सरुवा बढुवाको तालमेल मिलाउन सक्ने बताएर उठाउने रहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माओवादी भित्र सादगी, चरित्रवान, निष्ठावान र निश्कलंक नेताका रुपमा लिइन्छ । उनले कुनै राजनीतिक दवाव दिएर स्वार्थका काम गर्ने मनसायले कोही व्यक्ति आफ्नो मातहतका प्रहरी तथा कर्मचारी समक्ष पुगे भने तीनको बारेमा जानकारी दिन सार्वजनिक आव्हान समेत गरेका छन् । तर आफुलाई गोरखाको बासिन्दा बताउने र काठमाण्डौको व्यवसायी भन्ने किरण पन्थसँग जोडिएका माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल निकट दाहालहरुको धन्दा भने प्रहरीका नाममा उठाउने किन भया ? गृह तथा उपप्रम नारायणकाजी श्रेष्ठसँग सोध्नै पर्ने भएको छ । ताजा नेपाल डटकम यो समाचारसँग जोडिएका पात्रहरुका बारेमा अनविज्ञ छैन् । यो प्रतिनिधि गृहमन्त्रालयमा मन्त्रीको चेम्वरसँग निकट नभए पनि मन्त्री श्रेष्ठको कार्य कुशलता र उनले भ्रष्टाचार र वेथिति विरुद्ध चलाएको कदम प्रति साथ दिदै आएको छ । श्रेष्ठलाई उनका विरोधीहरुले जे जस्तो आरोप लगाए पनि वर्तमान सरकारको विकृति विसँगति विरुद्धको आक्रामक नीतिका योजनाकारका रुपमा जनताले चिन्दछन् । तर उनकै नाम भजाउँदै प्रहरी कार्यालय र गणहरुमा धाउने पन्थजस्ता नन्दीभृगीहरुवाट जोगिनु पर्ने अवस्था सृजना भएको छ । उनको सचिवालयले ती विचौलियाहरुको बारेमा के गर्छ त्यो पर्खाइको विषय बनेको छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल