Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृह लेखक, परराष्ट्र आरजु

काठमाडौं । नेपाली कांग्रेसले दुई मन्त्रीको टुंगो लगाएको छ। कांग्रेसले भागबण्डामा परेका १० मन्त्रालयमध्ये दुई मन्त्रालयमा पठाउने सांसदको टुंगो लगाएको हो। जसअनुसार परराष्ट्र मन्त्रीमा आरजु राणा देउवा र गृहमन्त्रीमा रमेश लेखकलाई पठाउने टुंगो लागेको सभापति शेरबहादुर देउवानिकट स्रोतले बताएको छ। लेखक देउवाका विश्वास पात्र हुन् भने आरजु देउवाकी श्रीमती हुन्। अन्य ८ जना मन्त्रीको नाम सोमबार टुंगो लाग्ने उक्त स्रोतले बतायो। प्रधानमन्त्री केपी ओलीले सोमबार नै ११ बजे सपथ ग्रहण गर्दैछन्। उनीपछि कांग्रेस र एमालेका मन्त्रीहरूले सपथ ग्रहण गर्ने तयारी छ। एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पाउने छ। कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पाउने छ।