Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनबीच पृथ्वी जयन्तीको चियापान समारोहको बहानामा लामो भेटवार्ता भएको छ । विशेष सूत्रकाअनुसार यो भेटवार्ता गैर वामपन्थी सत्ता समिकरणतर्फ केन्द्रीत रहेको भनाई छ । कहिले एमाले त कहिले माओवादी वामपन्थी ट्रेडमार्कसँगको प्रजातान्त्रिक शक्तिहरूको समिकरणले मुलुकलाई निकास दिन नसकेकोले अबको समिकरण गैर वामपन्थी बनाउनु पर्ने विषयमा दुवै नेताबीच छलफल भएको सूत्र बताउँछ । गत निर्वाचनको परिणामले पनि गैर वामपन्थी समिकरणतर्फ बहुमत पुग्ने देखिन्छ । तर त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशवादी दलहरूको सहकार्य चाहिन्छ । गैर वापमन्थी गठबन्धनकै लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय राजनीतिमा चौथो शक्तिको रुपमा उभ्याइएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी कहिले प्रचण्ड त कहिले ओलीको सरकारमा सामेल भएपछि गैर वामपन्थी गठबन्धन बनाउने देशी विदेशी शक्ति केन्द्रको योजना सफल हुन सकेको थिएन । यतिबेला सहकारी प्रकरणमा गिरफ्तारी परेका रवि लामिछानेलाई गैर वामपन्थी सरकारलाई सहयोग गर्ने शर्तमा हिरासतबाट धरौटीमा रिहा गर्ने प्रक्रिया प्रारम्भ भएको छ । यसैको प्रारम्भिक छलफल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र काँग्रेस सभापति देउवाबीच भएको छ । सूत्रकाअनुसार, गैर वापमन्थी समिकरणको नेतृत्व स्वयं राजेन्द्र लिङदेनलाई लिन देउवाले आग्रह गरे भने त्यसको लागि सहयोग गर्न काँग्रेस तयार रहेको सन्देश उनले प्रवाह गरे । यो भेटघाट बाहिर भनिए जस्तो राजतन्त्रको पुनस्थास्पना या व्यवस्थापनको बहसमा केन्द्रीत थिएन । विशेष गरेर ०६२÷६३ पछिको भूराजनीतिक टकरावमा चीन–रुस धु्रव वामपन्थी समिकरण र वापमन्थी पार्टीहरूमार्फत् नै आफ्नो उपस्थिति सशक्त रुपमा जनाएपछि जुन शक्ति केन्द्रले ०५८ जेठ १९ को दरबार हत्याकाण्ड हार्ड सैन्य कू ग¥यो र ०६४ जेठमा सफ्टकूमार्फत् गणतन्त्रको अवस्थामा पु¥यायो त्यो शक्ति केन्द्र यतिबेला गैर वापमन्थी समिकरणको प्रयत्न गरिरहेको छ ।
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल