Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पत्रकार सुवेदीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । अन्नपूर्ण पोष्टमा कार्यरत सुवेदी विगत २ दशकअघिदेखि पत्रकारितामा छन् । केपी ओली सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सरकारले सुवेदीलाई नियुक्त गरेको हो ।