Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोली प्रहार गरी सालीको हत्या

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको तिम्सिनाले जानकारी दिए । गोली प्रहारको कारण खुलिनसकेको तिम्सिनाले जानकारी दिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल