Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रौतहटको गौर नगरपालिकामा दुई समुदायबीच झडप भएको छ, जसले गर्दा तनाव सिर्जना भएको छ।
विवाहको जन्ती र मस्जिदमा नमाज पढ्ने क्रममा बाजा बजाएको विषयलाई लिएर विवाद भएको थियो, जसले कुटपिट निम्त्यायो।
दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबिच झडप भएको छ । झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ।
सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो।
स्रोतका अनुसार भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए। त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो।
आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको छ। घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको परिचालन गरिएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको बताएका छन्। अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी अढाई सय बढी सुरक्षाकर्मी परिचालन गरिएको सिडिओ भुसालले जानकारी दिएका छन्।
यस्तो किसिमको घटना अत्यन्तै दुःखद भएको बताउँदै दुईपक्षीय वार्ताको लागी पहल भइरहेको उनले बताएका छन्। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न अपिल गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल