Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्यासमा ठग्ने प्रहरीको फन्दामा

काठमाडौं । कोरोना महामारीका बेला कालाबजारी पनि मौलाएको छ । केही व्यापारी यही महामारीलाई कमाउ अवसर बनाउन तल्लिन छन् । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीयवासीले ग्यास खरिद गरेर घर लगेपछि निकै कम तौल भएको भन्दै कालोबजारीको आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए । कालोबजारी भएको सूचना पाएपछि प्रहरीले सो डिपोमा छापा मारेको थियो । त्यसपश्चात् प्रहरीले गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा खबर गरेको थियो । सो विभागका प्रतिनिधिसहितको प्रहरी टोलीले सोही डिपोमा खानतलासी गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरेको थियो ।

बरामद भएका ७५ वटै ग्यासको सिलिन्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बरामद ग्यासको सिलिन्डरसहित सञ्चालक श्रेष्ठलाई थप अनुसन्धान तथा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार कारवाहीका लागि आज गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा पठाइएको उनले बताए । सो विभागका महानिर्देशक विश्वबाबु पुढासैनीले सञ्चालकले ठगी गरेको पाइएको बताउँदै थप अनुसन्धानपश्चात् उक्त कसुरमा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार तीन वर्ष कैद र रु ३० हजार मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिने जानकारी दिए । प्रहरीका अनुसार सञ्चालक श्रेष्ठले कम तौलमा बिक्री वितरण गरेको बताउँदै यसअघि १०० थानभन्दा बढी कम तौलका ग्यासको सिलिन्डर बिक्री गरेको स्वीकार गरेका छन् ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल