Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर प्रिमियम सहितमा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारी साधन योजनाहरु सार्वजनिक भएका छन् ।
यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर प्रिमियम सहितमा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।
यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरिदको लागि उपलब्ध हुने बैंकले जनाएको छ । साथै कर्जा आवेदन प्रक्रिया पुरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा अन्तर्गत ७.९९ प्रतिशत प्रिमियम सहितको ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।