Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घटेको सुन फेरि बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि पहेँलो धातु सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ८०० रूपैयाँले घटेकोमा आज ६०० रूपैयाँले बढेको हो । सोमबार प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँ कायम गरिएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार २५० रूपैयाँमा कारोवार भइरहेको छ ।