Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घरवेटी बोक्ने कृष्णगोपालको पार्टीभित्रै विरोध

काठमाडौं । वर्गीय समानताका कुरा गर्ने कम्युनिष्ट पार्टीको तर्फबाट मन्त्री बनेका व्यक्ति सामाजिक छुवाछुतको मुद्दामा प्रवेश गरेर भोट बचाउने मेलो गरेपछि काठमाडौंका चर्का एमाले नेता कृष्णगोपाल श्रेष्ठ विवादमा छानिएका छन् । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको हो । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् । मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो । राजधानीको नेवार समुदायको भोट बचाउने नाममा मन्त्री श्रेष्ठले झण्डा सहितको गाडीमा जातीय उत्पडन गरेको अभियोग लागेकी महिलालाई लिफ्ट दिएका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल