Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घास काट्न जाँदा बेपत्ता युवतीहरु भारतमा

महोत्तरी । जंगलमा घास काट्न जाँदा एकाएक बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिएका छन् । बेपत्ता भएकाहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताएका छन् । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा फेला परेका हुन् । भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।


सम्बन्धित समाचार