Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घेराबन्दीमा जनार्दन शर्मा

काठमाडौं । पार्टीले मौका पाउनासाथ सत्ताको स्वाद लिने तर पछिल्लो पटक माओवादी अध्यक्ष प्रचण्डको खेदो खनेर आफ्नो शक्ति सामथ्र्य देखाएका उपमहासचिव जनार्दन शर्मा आफ्नै उर्भौलो पाराले घेराबन्दीमा परेका छन् । विचारको कुरा माओवादीमा छैन । एमाले केपी विचार नै गोठाालाहरूको भजन भएको छ । माओवादीमा प्रचण्डको पुजक बन्नु भन्दा पार्टी नै फुटाउन डा. बाबुरामदेखि नेत्रविक्रम चन्दसम्म भए । मोहन वैद्यको विभाजन त भाञ्जीज्वाइँ देव गुरुङलाई अर्थमन्त्री र क्रिश्चियन पादरी सीपी गजुरेललाई परराष्ट्रमन्त्री नबनाएकै कारण पार्टी फुटाएको जनार्दनले बुझेका छन् कि छैनन् । जनार्दन जाने एमालेमा पहिले गएका रामबहादुर थापाको हालत के छ ? एमालेमा विचार का कुरा छैनन् । माओवादीमा पनि विचार छैन । तर त्यहाँ लडेका योद्धाहरू त छन् । तिनीहरू बिग्रेका छैनन् । जति बिग्रेका छन् ती सबै महरा प्रवृत्तिका छन् । एकताबाट आएका नारायणकाजीको घेरा घट्दो छ । उनी पनि माओवादीलाई शान्ति वार्तामा ल्याउँदा दिल्ली काठमाडौं गर्दा कुस्त पैसा अशुल्ने विचारक हुन् । माओवादीले चलाएको भ्रष्टाचार विरुद्धको अभियान काँग्रेस, एमालेले रोकेकै थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन छैन । भिजिट भिसाको ठगी थपियो । पार्टीको स्थायी समितिमा प्रचण्डकै हुक्के र बैठकेको कुरा चर्को थियो । जस्तो विद्या विरुद्धको ओलीपथका ढाडस मसालमा मोहन विक्रम, एमालेमा ओली, माओवादीमा प्रचण्ड काँग्रेसमा देउवा, राप्रपामा राजेन्द्र लिङदेन जस्ताको भिड आज राजनीतिक निर्णायक बन्दैछन् । जसका कारण यो देशको गणतन्त्र, संघीयता, समावेशीतामाथि प्रहार भएको छ । जनार्दन माओवादीमा थाकेका छन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल