Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घोराही सिमेन्टको आजदेखि आईपीओ निष्काशन खुला

काठमाडौं । घोराही सिमेन्टले आज वैशाख १९ गते मंगलबारदेखि प्रिमियम मूल्यमा पहिलो चरणको आईपीओ निष्काशन गरेको छ ।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
स्थानीयलाई अंकित मूल्य १०० रुपियाँमा रु. ३०० प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपियाँ र नेपाली श्रमिकका लागि अंकित मूल्य रु. १०० मा ३३५ प्रिमियम थपेर प्रतिकित्ता रु. ४३५ रुपियाँमा शेयर निष्काशन गरेको हो ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटलर नबिल इन्भेष्टमेन्ट बैंकिङ का अनुसार कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि र ७ लाख ५४ हजार ६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गर्न लागिएको हो ।
आईपीओका लागि स्थानीय बासिन्दाहरुले छिटोमा जेठ २ गतेसम्म र ढिलोमा जेठ १७ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २ गतेभित्र आवेदन दिनु पर्नेछ ।
उक्त कम्पनीको आईपीओका लाग दाङको घोराही उपमहानगरपालिकाको वडा नं १, २, ३, ८, १४, १५, १७, १८ र १९, बंगलाचली गाँउपालिका वडा नं ३, ४ र रोल्पाको त्रिवेणी गाँउपालिका वडा नं ३ र ४ का बासिन्दाहरुले आवेदन दिन सक्ने छन् ।
स्थानीय र श्रमिकहरुका लागि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ ।