Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यहाँ सर्वसाधारणलाई गुमराहमा पारेर धनीमानीले जहाँ जसरी जे पनि गर्छन् भन्ने कुरा घोराही सिमेन्टले जारी गरेको प्रिमियममा आइपीओ निष्काशन काण्डले छर्लङ्ग बनाएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासनको प्रक्रियामा थप छानबिनका लागि प्रहरीलाई सिफारिस गरेको छ। कम्पनीको आईपीओ निष्कासनका केही विषयबारे जाँचबुझ गर्न बोर्डले आईपीओ स्थगन गरेको थियो। बोर्डको अध्ययन समितिले तयार पारेको प्रतिवेदनले घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा कम्पनीको सेयर निष्काशनकर्ता कम्पनी र बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीहरुसँग कुनै सम्बन्ध नदेखिएको उल्लेख गरेको छ। तर केही लगानीकर्ताले बैंक खातामा पर्याप्त पैसा नहुँदा लगानीकर्तालाई भ्रमित पार्ने उदेश्यले अस्वभाविक सेयर खरिद गर्न आवेदन दिएकाले जालसाजी सम्बन्धमा थप छानबिनका लागि नेपाल प्रहरीलाई सिफारिस गरेको हो। साथै आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत छानबिन हुने भएको छ।
बोर्डले आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदन स्वीकृत भएको हो सो सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने जनाएको छ। बोर्डका अनुसार सार्वजनिक निष्काशनमा निवेदन दिने आवेदक आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धकको काम कारबाही सेयर निष्काशनकर्ता कम्पनीको कामकारबाही भन्दा भिन्न रहेको तथा आवेदक लगानीकर्ताहरुको निष्काशनकर्ता कम्पनीसँग प्रत्यक्ष संलग्नता देखिएको छैन। यस्तो अवस्थामा कम्पनीको सार्वजनिक निष्काशन स्थगित भएको कारणबाट आवेदन गरेका सर्वसाधारणहरुको करिब ३ अर्ब ६१ करोड होल्ड भएको तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरेको २९ करोड ४६ लाख कम्पनीको खातामा रकमान्तर भइसकेको बोर्डको भनाई छ। साथै हाललाई आईपीओ निष्कासनको प्रक्रिया खुल्ला हुने बोर्डले जनाएको छ। बोर्डले आईपीओ फिर्ता तथा थपघट गर्न ३ दिन समय दिने भएको छ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल