Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चन्दका कार्यकर्ता प्रचण्डले छुटाउने ?

काठमाण्डौ  पाटीको आठौ महाधिबेसनको नतिजाले जनताको सेबक बन्न अध्यक्ष प्रचण्डलाइ घचघचाएको बेला उनकै चेला नेत्रबिक्रम चन्दले कम्युनिस्ट बनेर कम्युनिस्टकै कार्यकर्ता जेलमा बन्दि हुंदा कसरी पाटी एकता हुन्छ भन्ने प्रश्न उठाएका छन । उनको यो प्रश्नले प्रचण्डलाइ कति छोयो थाहा छैन तर बन्दि छुटाउन महाधिबेसन पछी लाग्ने बताएका छन । कुनै बेला गृहमन्त्रि रामबहादुर थापा समक्ष चन्दको पाटीले प्रचण्डको हत्या गर्ने सुचना पुर्यायो त्यहि सुचनाका आधारमा त्यो पाटीका नेता र कार्यकर्ता जेल परे । नेकपाको सरकारको समयमा चन्दको नेकपामाथि प्रतिबन्ध लाग्यो ।
दुइबर्षपछी केपी ओली संग चन्दको सम्बध जोडियो । पाटी फुकुवा भयो । माइला लामा र हेमन्तप्रकास ओली लगायतका नेताहरु रिहा भए । तर कार्यकर्ता को रिहा भएन ।
अहिले माओबादीहरुलाइ एउटै पाटीमा गोलबन्ध गरेर आफ्नो पाटीले उठाएका परिबर्तनका मुद्धा संस्थागत गर्न दबाब दिएपछी चन्द र ओली प्रचण्डलाइ भेट्न पेरिस डांडा पुगेका हुन । यो भेटको बाताबरण मिलाउने कृष्णबहादुर महरा पनी रोल्पाका हुन । राजनितिक बन्दि हुन्थे भने मन्त्रि परिसदको एउटा निर्णयले चन्दका कार्यकर्ता छुट्ने थिए । उनिहरुलाइ हातहतियार,बिस्पोटक पदार्थको प्रयोग सार्बजनिक सम्पतिमा क्षति पर्याएको आरोप लगाइयको छ ।
यो मुद्धामा सरकारले मन्त्रि स्तरिय निर्णय गरि न्यायलयलाई आग्रह गर्दै जेल सजाय माफि गराइदिन अनुरोध गर्नु पर्दछ
पाटी बिभाजन भएको आठ बर्ष सम्म चन्दको नेतृत्वले जनताको मन जित्ने कुनै कार्यक्रम दिइएन् । रास्टियताका कुरा गर्दा किसान,मजदुर र गरिबको हितमा त्यो पाटीको राजनिति लागेन । चन्दा उठाउने सत्तामा पुगेका दलहरुको बिरोध गर्ने स्थानिय सरकारले सुरु गरेका बिकासे आयोजनाहरुबाट चन्दा माग्ने दलाल र माफियाहरुसंग पैसा उठाउने कामलाइनै जनयुद्धले छोडेको अधुरो का्रन्ति ठानेको देखियो ।
समाजबादमा जाने अठोट नेपाली कांगे्रसले समेत गरेको बेला माओबादी केन्द्रले आफ्नो दस्ताबेजमा बर्तमान राजनिति भित्र बाट सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने तर्क प्रस्तुत गर्दा नेत्रबिक्रमको पाटीलाइ का्रन्ति अझै बाकी छ भनेर का्रन्तिकारी बन्नु नौलो भएन । काम जनताको हितमा नगरेपनी भाषण भने चर्को गर्ने
नेताको रुपमा परिचय बनाएकाहरुलाइ जनताको चासो किन हुदैन ?


सम्बन्धित समाचार