Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चन्द्रागिरीमा हिउँ सेताम्मै

काठमाण्डौ । यो वर्ष जाडो सकिने अन्तिम समयमा आएर राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । राजधानीको मौसममा केही दिन यता चिसो बढ्दै जाँदा शनिबार दिउँसो चन्द्रगिरी, नगरकोट, ककनीमा हिमपात भएको छ ।
चन्द्रगिरी हिल्सले चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेको जनाएको छ । चन्द्रागिरी हिल्सले सार्वजनिक गरेको एक भिडियो क्लिपमा हिउँ परेपछि त्यहाँ धेरैमानिसहरु रमाइरहेको देखिन्छ ।
वर्षेनी हिमपात भएसँगै केबलकारमार्फत चन्द्रागिरीमा पुग्नेहरु बढ्ने गर्छन् ।यो सालमा पनि काठमाण्डौका बासिन्दाहरुलाइ हिउमा रमाउने अबसर आएको भन्न सकिने बेला आएको छ ।