Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चरेश सहित यादव पक्राउ

मकवानपुर, । भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट अवैध लागूऔषध चरेश करिब २४ किलो सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्ने ऋषि कुमार यादव रहेका छन् । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२५ प ८७८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिट तथा ट्याङकी मुनी फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार ऋषिलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार