Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुर्खेत । दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुई छोरीको शव अछाममा भेटिएको प्रहरीले जनाएको छ । १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ मा फेला परेको प्रहरीले जनाएको छ । आमा सुकी, १० वर्षीय ललित र पाँच वर्षीया रजनीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएपछि उनीहरुले कर्णालीमा हाम्फालेको अनुमान प्रहरीको छ । केही स्थानीयबासीले पनि उनीहरूले हाम फालेको देखेको बताएपछि प्रहरीले उनीहरूको खोजी शुरू गरेको थियो । सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दैनिक मदिरा सेवन गरेर घर पुग्ने गरेका मानसिंह र सुकीबीच झगडा हुने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । तर, उनीहरुले हाम फाल्ने अवस्थाका बारेमा केही पनि खुल्न सकेको छैनन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल