Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्। घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बयालीस वर्षीय ओमबहादुरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी सहायक निरीक्षक बलराम पौडेलको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंङ्ग कुँवरले बताए। शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ। घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन्।
स्थानीयवासीले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । ओमबहादुरलाई पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइने घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक पौडेलले बताए। म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको प्रनाउ कुँवरले बताउनुभयो । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये २७ प्रतिशत मदिरा र बाँकी अन्य कारणबाट भएको प्रहरीको तथ्याङ्क छ ।


सम्बन्धित समाचार