Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनको पक्ष लिएको भन्दै डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएका छन् । कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको र चीनको पक्ष लिएकाले आर्थिक सहयता कटौती गरेको उनले घोषणा गरे ।
आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु।
चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई डब्लूएचओले सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको ट्रम्पको मुख्य आरोप छ। अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिरहँदा डब्लूएचओप्रति आक्रोश पोख्दै उक्त निर्णय गरेका हुन् । अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको छ । उसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थियो । यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वमा सबै भन्दाबढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ लाख भन्दा धेरै संक्रमित भएका छन् ।


सम्बन्धित समाचार