Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनको प्रतिनिधिमण्डल नेपाल आउँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउको नेतृत्वको टोली काठमाडौं पठाएको हो ।
चीनियाँ राजदूत होउ यान्छीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न नेताहरुसँग भेट गरेकी छन् । चीनले नेकपा विभाजन हुन नदिन यसबीचमा पटक पटक प्रयास गरेको थियो । चीनियाँ नेताले कस कसलाई भेट्दैछन् भन्ने औपचारिक रुपमा जानकारी दिइएको छैन । तर नेकपाका दुवै पक्ष सहित विपक्षमा रहेका अन्य पार्टीका नेतासँग पनि भेट गर्न सक्ने स्रोतले जनाएको छ ।
राजदूत यान्छीले जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतसँग पनि भेट गरेकी थिइन् । चीनले नेकपा विभाजनपछि नेपालको अवस्था कता जान्छ भन्ने चासो व्यक्त गरेको छ । चीन अझै पनि नेकपालाई एकीकृत अवस्थामा फर्काउन प्रयासरत रहेको स्रोतहरु बताउछन् । भारतीय सञ्चारमाध्यमहरुले चीनिया राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ आफैंले पहल लिएर उच्चस्तरीय टोली नेपाल पठाउन लागेको टिप्पणी गरेका छन् ।
सोङ ताओ प्रमुख रहेको चीनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग चीनिया राष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिने महत्वपूर्ण निकाय हो । आज नेपाल आउन लागेका गुझोउ विभागका दोस्रो वरियताका उपमन्त्री हुन् । ताओ यसबीचमा दुई पटक नेपाल आइसकेका छन् । यो विभागमा अन्य ५ जना सहित ७ जना नेताहरु रहेका छन् ।