Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनबाट ४० लाख भेरोसेल खोप ल्याइँदै

नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने छ ।
अबको चार दिनपछि खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लिनका लागि जुलाई ८ तारिख अर्थात् असार २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । यस्तै दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुनेछ ।

 


सम्बन्धित समाचार