Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनमा फेरि देखिन थाल्यो संक्रमण

एजेन्सी । कोरोनासँगको युद्धमा विजयी भएको भनिएको चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरे पनि त्यहाँ फेरि संक्रमण देखिन थालेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शुक्रबार फेरि ४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९३३ पुगेको छ । त्यसमध्ये ७८ हजार २०९ जना संक्रमण मुक्त भएका छन् भने ९१ जना संक्रमितको उपचार भइरहेको छ । चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ। अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ । कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।