Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनविरूद्ध लड्न भारतीय सेना तयार !

एजेन्सी । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताएका छन् । भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको जनाएका हुन्।
भारतीय पत्रिका हिन्दुस्तानका अनुसार सीडीएस र सेनाका शीर्ष अधिकारीले संसदको लेखा समितिमा एलएसीमा चीनले अभ्यासको नाममा सीमा क्षेत्रमा निर्माणको काम गरिररहेको र त्यसलाई टक्कर दिन भारत तयार रहेको बताएका छन्।

‘भारत चीनको कुनै पनि कदमको जवाफ दिन पूर्ण तयार छ। हामी कुनै पनि अवस्थाको सामना गर्नका लागि तयार छौँ,’ रावतले संसदीय समितिमा सांसदहरूको जिज्ञासामा भने, ‘लद्दाखमा त्यसका लागि सबै व्यवस्था भइसकेको छ ।’ चीनले सीमा आसपासका क्षेत्रमा झण्डै ४० हजार सैनिक तैनाथ गरेको भारतीय दाबी छ । पछिल्लो समय शिनजियाङ्गमा तैनाथ चिनियाँ सैनिकले भारतीय क्षेत्र अतिक्रमण बढाउन लागेको समेत समाचारमा उल्लेख छ । गत जुन १५ मा लद्दाखस्थित गलवान उपत्यकासँग सीमा जोडिएको एलएसी क्षेत्रमा भारत र चीनका सेनाबीच भीडन्त भएको थियो । सो भीडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो । उक्त भीडन्तमा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको दाबी गरिए पनि सोबारे अहिलेसम्म कुनै विवरण सार्वजनिक भएको छैन ।