Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनाव नजित्ने भएपछि प्रचण्ड र माधव एमाले विरुद्ध गठबन्धन गर्दै : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेसँग एक्लै चुनाव जित्न नसक्ने प्रचण्ड र माधव एमालेविरुद्ध गठबन्धन बनाएर बसेको टिप्पणी गर्नुभएको छ ।

आज गुल्मीको जनज्योति क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल एक्लै चुनाव जित्न नसक्ने भएपछी एमालेविरुद्ध गठबन्धन बनाएर बसेको टिप्पणी गर्नुभएको हो ।

सचिव विष्टले भन्नुभयो,ुएमालेसँग एक्लै चुनाव लड्ने आँट कुनै पार्टीसँग छैन, उहाँहरु कांग्रेसले भोट हालेर चुनाव जितेको सपना समेत देख्नुहुन्छ।ु आगामी चुनावमा सबै दलको गठबन्धन बने पनि एमालेले परास्त गर्ने बताउनुभयो। उहाँले देउवा सरकार जनमतबाट नभएर बम्पर उपहारबाट प्राप्त भएको टिप्पणी गर्नुभयो ।


सम्बन्धित समाचार