Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनाव हार्ने डरले सडकमा तमासा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्षले सडकमा तमासा देखाएको आरोप लगाएका छन् । नेकपा काठमाडौं महनगर कमिटीद्वारा काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हार निश्चित हुने भएकाले ‘प्रचण्ड–नेपाल’ पक्ष निर्वाचनसँग डराएको बताएका हुन । उनले अहिले प्रचण्ड–नेपाल पक्ष अप्ठेरोमा परेको भन्दै निर्वाचनमा पनि उनीहरुको हालत ‘खराब’ हुने तर्क गरे । प्रधानमन्त्री ओलीले देशलाई ‘सांसद किनबेचको थलो’ बनाउन खोज्नेलाई जनताले सजाय दिने बताए । संकटकाललाई देखाउँदै निर्वाचन सार्ने नियोजित हल्ला चलाइएको भन्दै उनले तोकिएको समयमा नै निर्वाचन हुने स्पष्ट पारे । आफूलाई प्रचण्डले अध्यक्ष बनाएको भ्रम फैलाइएको भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री आफूले बताएको तर्क गरे । ओलीले प्रचण्ड–नेपाल पक्षले आफूलाई सरकार र पार्टी सञ्चालनमा अवरोध गरेको र अहिले सो पक्ष अलग्गिएपछि पार्टी नै शुद्ध भएको बताए । त्यस्तै ओलीले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने बताए । उनले प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक सबैलाई ह्वान पनि गरे ।