Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले दलकै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् ।
मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद राजेन्द्र बजगाईं विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जानकारी दियो ।
उहाँ पार्टी हित र अनुशासन विरुद्ध जानुभयो । यतिसम्म कि मन्त्रीज्यूमाथि त प्रतिशोध नै साध्नुभयो‚ती सचिवालय सदस्यले भने ।
सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।
डेरामा बस्ने मन्त्री बन्नासाथ घर किन्ने सांसद बजगाईँले सामाजिक सञ्जालमा लेखेका थिए । जवाफमा बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए । उनले आफूले करोड त कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको भन्दै सांसद बजगाईंलाई चुनौती दिएका थिए ।
२०८१ कार्तिक ३०
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल
२०८१ कार्तिक ३०
ताजा नेपाल